• २०८१ फागुन ३ शनिवार

बेइमान !

धनराज गिरी

धनराज गिरी

बेइमान जिन्दगी हो, दिन्छ धोका पक्का !
रोकिने छ,रोकिने छ जीवनरथको चक्का !

बेइमानी दुनियाँमा अनन्त छ, भोग्यौं !
बेइमान हाम्रो सास, जान्छ घुम्न मक्का !

बेइमान शरीर हो,के के हुन्छ के के!
व्याधि निकेतन कमजोर हान्दैन रे छक्का !

बाचुन्जेल बाच्नुपर्छ, सर्त जिन्दगीको !
जोगाएर स्वाभिमान कमाएर टक्का !

यता पनि बेइमान, उता बेइमान !!
बेइमान समय हो दिन्छ खाली धक्का !!


धनराज गिरी