समाचार
काठमाडौं ।
काजी हंसमान सिंहको पुस्तक इतिहासका हराएका पाना (त्रिभुवन विश्वविद्यालय स्थापनाका वृत्तान्त) लोकार्पण गरिएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि शिक्षाविद् प्रा. शंकरराज पाठक, शिक्षाविद् केदारभक्त माथेमा, संस्कृतिविद् डा. जगमान गुरुङलगायतले कृति लोकार्पण गरे ।
कार्यक्रममा पुस्तकले अभिव्यक्त गरेको विचार र त्रिभुवन विश्वविद्यालयमाथि प्रा. पाठक, डा. गुरुङ, माथेमा, मल्ल के सुन्दर, डा. रमेशमान सिंहलगायतले आफ्नो विचार राखे ।
