• २०८२ आश्विन ६, सोमबार

रोशन र संगीताको ‘लाली पाउडर लाया जसी’ सार्वजनिक

काठमाडौँ ।

सुदूरपश्चिमको मौलिक लय र सांस्कृतिक जीवनशैली झल्काउने देउडा गीत ‘लाली पाउडर लाया जसी’ सार्वजनिक भएको छ । गायक रोशन टमट्टा र गायिका संगीता बडुवालको स्वर रहेको गीत लोकशैलीमा तयार भएको हो ।

गीतमा शब्द, संगीत गायिका बडुवालले नै तयार गरेकी हुन् । गीतको भिडियोमा दीपक संगम बिसी, मिराज विक्रम सिंह, संगीता बडुवाल, हेमराज अधिकारी ९खन्ट्या खलास०,गणेश जीसी र मीना बडुवालको अभिनय छ ।मिराज विक्रम सिंहको निर्देशन र नृत्य रहेको भिडियो अमित विकले छायांकन गरेका हुन् । भिडियोमा राजेश बोहराको सम्पादन रहेको छ । गीतको भिडियो गायक रोशनकै अफिसियल युट्युबमार्फत सार्वजनिक गरिएको छ ।