समाचार

काठमाडौँ ।
गुराँस नानीसँगको सहकार्यले चर्चामा रहेको दुर्गेश थापा र सिसन बानियाँको नयाँ गीत सार्वजनिक भएको छ । ’जाने भए जाम माया’बोलको यो गीत दुर्गेशले आफ्नो युट्युब च्यानलमा सार्वजनिक गरेका छन् ।
८ मिनेट लामो यो गीतलाई दुर्गेश र सिसनसँगै अल्हाजी जेरोले गाएका हुन् । दुर्गेशको शब्द संगीत रहेको यो गीतको भिडियोमा तीन गायकसँगै गुराँस नानीको अभिनय छ । गीतको भिडियोमा दुर्गेश, सिसन गुराँस नानीलाई फकाउने पक्षमा देखिन्छन् ।
गीतको भिडियोमा खेतका आलीदेखि डिस्कोका दृश्य समेटिएका छन् । हरि हुमागाईंले खिचेको यो गीतलाई शिव विकले निर्देशन गरेका हुन् । मिलन विश्वकर्माको रंग संयोजन र सम्पादन रहेको यो गीतमा निर्देशक शिवकै कोरियोग्राफी छ । सिसन र दुर्गेशले गुराँस नानीसँग भिडियोमा सहकार्य गर्ने विषयले प्रतीक्षित बनेको यो गीत सार्वजनिक भएको तीन घण्टामै एक लाख पटकभन्दा बढी हेरिएको छ ।