कही-अनकही

काठमाडौं ।
नेपाल सरकारका पूर्व सचिव तथा लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेशप्रसाद मैनालीको संस्मरण कृति सुनेको शासन भोगेको प्रशासन सार्वजनिक भएको छ । तीनकुनेस्थित रोयल बैंक्वेटमा आयोजित कार्यक्रममा सम्माननीय प्रधान न्यायाधीश प्रकाशमानसिंह राजपूतले उक्त पुस्तक लोकार्पण गर्दै पुस्तक लेखनलाई सुकर्मको संज्ञा दिनुभयो । उहाँले ज्ञान, सृजनशीलता र अनुभव पुस्तक लेखनका लागि आवश्यक रहेको बताउँदै, “शिल्पीको हातमा परे ढुंगा पनि देवता हुन्छ,” भन्नुभएको थियो ।
कार्यक्रममा बुकहिल पब्लिकेसन्सका अध्यक्ष भूपेन्द्र खड्का, पूर्व निर्वाचन आयुक्त भोजराज पोखरेल, पूर्व सचिव श्यामप्रसाद मैनाली, पत्रकार हरिबहादुर थापा, परराष्ट्र मन्त्रालयकी सहसचिव ईला मैनाली लगायतले मन्तव्य राख्नुभएको थियो । कृतिकार उमेशप्रसाद मैनालीले आफ्नो प्रशासनिक जीवनका अनुभव र अनुभूतिहरू पुस्तकमा संकलन गरेको बताउनुभयो। कार्यक्रममा पत्रकार हरिबहादुर थापाले कृतिको समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल सरकारका पूर्व कर्मचारी, साहित्यकार, मैनाली परिवारका सदस्यलगायतको उपस्थिति थियो । परराष्ट्र मन्त्रालयकी सहसचिव ईला मैनालीले स्वागत मन्तव्य दिनुभएको थियो भने कार्यक्रम सञ्चालन एपि वान टेलिभिजनकी समा थापाले गर्नुभएको थियो ।