• २०८२ असार १९ बिहीबार

स्रष्टा रिजाल र आचार्यलाई ‘रमेश गंगा–स्रष्टा सम्मान’

काठमाडौँ ।

नेपाल स्रष्टा समाजले ‘रमेश–गंगा स्रष्टा सम्मान’ को घोषणा गरेको छ । ‘रमेश गंगा स्रष्टा सम्मान (२०८१)’बाट साहित्यकार सरस्वती रिजाल तथा ‘रमेश–गंगा स्रष्टा सम्मान–२०८१ ‘बाट साहित्यकार विधान आचार्यलाई सम्मान गर्ने भएको हो ।

सिर्जनात्मक क्षेत्रमा लामो समयसम्म निरन्तरता दिएर उल्लेख्य योगदान गरेका ५० वर्ष उमेर पार गरेका नेपाली स्रष्टालाई प्रदान गरिने उक्त सम्मानको नगदराशि २१ हजार एक सय एघार रूपैयाँ छ । दुवै स्रष्टाले विभिन्न विधाका पुस्तकहरू प्रकाशित छन् ।

यसअघि उक्त सम्मानबाट जनार्दनशरण त्रिपाठी, प्रा. डा. वासुदेव त्रिपाठी र नरनाथ लुइँटेल सम्मानित छन् । यस सम्मानका संस्थापक रमेशचन्द्र, डा. दिनेशचन्द्र, महेशचन्द्र, सुवासचन्द्र तथा देवेशचन्द्र देवकोटा रहेको अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ ले जानकारी दिए ।