• २०८० मंसिर १९ मङ्गलबार

मन दुखायौ

केशव ढुङ्गेल

केशव ढुङ्गेल

खाली छ खेत न अन्न न बाली
जोतौँ र रोपौँ भनेँ मन दुखायौ ।।

घना कालो बादल हटाई करैले
चुम्छु चन्द्रमालाई भनेँ मन दुखायौ ।।
निष्पट्ट रात किन गर्छौ मात
रमौँ साथसाथ भनेँ मन दुखायौ ।।

पुगेँ टाकुरामा मेटिएन प्यास
झरौँ सिमसार भनेँ मन दुखायौ ।।

भयौँ एकएक हरमा हरेक
अब सर्छु ठाउँ भनेँ मन दुखायौ ।।

खाली छ खेत न अन्न न बाली
जोतौँ र रोपौँ भनेँ मन दुखायौ ।।


(‘नेपाली साहित्यमा सडककविता–क्रान्ति’ मा शोध गरेका ढुङ्गेल २०६२- ०६३ को सडककविता- आन्दोलनमा सक्रिय थिए)
[email protected]