समाचार

काठमाडौँ ।
मोडल तथा निर्देशक शंकर बिसीको शब्द रहेको तीज गीत ‘साइँली छोरी’ सार्वजनिक भएको छ । गीतमा गायिका देवीका केसी र रामकुमार नेपालीको स्वर छ । रामकुमार नेपालीकै संगीत रहेको गीतको भिडियो पनि बनेको छ । जसमा शंकर बिसी र जुना विश्वकर्मा लगायतको अभिनय छ । भिडियोको कोरियोग्राफी तथा निर्देशन पनि बिसीले नै गरेका हुन् ।भिडियोमा दुर्गा पौडेलको छायांकन तथा नवीन घर्ती मगरको सम्पादन छ ।