प्रत्येक बिहानीले
दिनको तय गरे जस्तै
तिम्रो मधुर र ओजस्वी वाणीले
मेरो ह्रदयलाई
प्रफुल्ल बनाईरहेको हुन्छ,
जीवन एक पतङ्ग नै त हो
विपरित हावाको झोंकले
माथी पुग्छ
अनि त्यही पतङ्ग
कतिबेला चेट हुन्छ थाहै हुंदैन
र पनि मान्छेहरूले वर्चस्व देखाईनै रहन्छन्
तिम्रो आकलनमा भएको दृष्टिले
जे देख्यो बोल्ने पनि त्यही नै हो
गर्ने पनि त्यही नै हो,
सहीले सही नै आकलन लगाउंछ
गलतले गलत नै
स्पष्टिकरण दिन जरूरत नै पर्दैन
किनकि राम राम बोकेर
प्रज्वलित हुनु नै छैन
मत केवल
सॅसारिक मायामा झुलिरहेको मान्छे
समय कहॅा छ र ?
कहिलेकॅाही भावुक बन्न पुग्छु
अघि पछि र आमुन्नेसामुन्ने
म जस्तै मात्र देखिरहन्छु
बेकसुर र बेदागी अनुहारहरू
जसलाई कसैको लालस छैन,
स्वार्थ छैन ,ढाडस मात्र दिईरहन्छन्
आफ्नो दुःखेसोलाई मौन मै राखेर पनि
अरूको बाटो खुलाईरहेका हुन्छन्
त्यही सरोवरमा मात्र डुब्न मन लाग्छ
जहॅा अमृत भेटिरहन्छु ।
जानुका वस्ती ढकाल,
गोरखा, हाल- न्युयोर्क, अमेरिका ।