• २०८२ मंसिर ७, आईतवार

कवि राजन महर्जनको कवितासङ्ग्रह ओड टु यल सार्वजनिक

न्यूयोर्क ।

कवि राजन महर्जनको अङ्ग्रेजी भाषामा प्रकाशित पहिलो कविता सङ्ग्रह ओड टु यल सार्वजनिक भएको छ । न्यूयोर्कको क्विन्समा एक विशेष साहित्यिक कार्यक्रममा निराला पब्लिकेशन्स, नयाँ दिल्लीद्वारा प्रकाशित महर्जनको कविता कृति सार्वजनिक गरिएको हो ।

२३ वटा छोटा र लामा कविताहरू समेटिएको पुस्तकमा कविले जन्मभूमि यल (पाटन)–काठमाडौँ उपत्यकाको ऐतिहासिक शहर–को सौन्दर्य, संस्कृति र आत्मासँग गहिरो नाता देखाएका छन् । प्रवासको जीवन र आफ्नो मौलिक पहिचानबीचको द्वन्द्वलाई महर्जनले कवितामा समेटेका छन् । कविता सङ्ग्रहलाई कवि युयुत्सु शर्मा, कविका चार वर्षीया छोरी अर्लानी, पत्नी अस्मिता र ससुरा अमृत मान महर्जन तथा सासू मीना महर्जनले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरे ।

कार्यक्रममा कवि महर्जनले आफ्ना कवितामार्फत् जन्मभूमिलाई सम्मान गर्न पाएकोमा खुशी व्यक्त गरे । कवि युयुत्सु शर्माले नेपालबाट अङ्ग्रेजी भाषामा हुने लेखनको परिवर्तित परिदृश्यमा ‘ओड टु यल’को सांस्कृतिक र साहित्यिक महत्वमाथि प्रकाश पारे । उनले कवि महर्जनको काव्यशैलीले जन्मभूमिप्रतिको माया र स्मृतिलाई जीवन्त चित्रहरूमा प्रस्तुत गरेको बताउँदै भने, ‘महर्जनले प्रवास र पहिचानबीचको द्वैतता अँगाल्दै कविको रूपमा आफ्नो स्वरलाई दृढ बनाएका छन् ।