काठमाडौँ- खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७८ सालको पद्मश्री साहित्य पुरस्कारका लागि १५ कृतिहरु छनोट गरेको छ । प्रतिष्ठानले मंगलबार विज्ञप्ति जारी गर्दै २०७८ को वर्षभरीमा प्रकाशित भएर प्रतिष्ठानलाई प्राप्त १ सय ४४ कृतिहरुमध्ये निर्णायक समितिको पहिलो चरणको मूल्यांकनका आधारमा १५ वटा कृतिहरुको नाम विस्तारित सूचीका रूपमा सार्वजनिक गरिएको हो ।
नवराज लम्सालको ‘अग्नि’, केशवराज ज्ञवालीको ‘अर्को भोर’, दीनानाथ शर्माको ‘एक सम्बोधन समय माथि’, राजवको ‘काफ्काको काम सकियो’, कविता राईको ‘गूरु’, लोकराज भट्टको ‘छाइल’, दिलिप बान्तवाको ‘ताल्चा’, अलका आत्रेयको ‘निनादवल्लरी’, राजेन्द्रमान डंगालेको ‘पैतालामा हिँउ, आँखामा हिमाल’, उषा हमालको ‘भिक्षुसँग प्रेम’, विप्लव ढकालको ‘भोजपुरको वाङ्मय’, बसन्त बस्नेतको ‘महाभरा’, दीपक पराजुलीको ‘मिथ्या’, केवल बिनाबीको ‘यादहरुको संग्रहालय’ र गिरीश गिरीको ‘सत्यमोहन’ छनोटमा परेका छन् ।
कृतिहरु छनोटका लागि गठन गरिएको निर्णायक समितिमा रामलोहनीको संयोजकत्वमा स्रष्टाहरु नयनराज पाण्डे, कुमारी लामाछन् । पुस्तक चयन प्रक्रियालाई पारदर्शी र अधिकतम सहभागितामूलक बनाउन चयन प्रक्रिया तीन चरणमा गरिएको प्रतिष्ठानले जनाएको छ । निर्णायक समितिमा पहिलो चरणमा परेका १५ कृतिहरु मध्येबाट दोस्रो चरणमा उत्कृष्ट संक्षिप्त सूची र अन्तिममा चरणमा छानिएका कृतिहरुलाई पुरस्कृत गरिनेछ ।
प्रतिष्ठानले २०६३ देखि नेपाली साहित्यमा वर्षभरी प्रकाशित कृतिहरुमध्ये निर्णायक मण्डलको सुझाव अनुसार उत्कृष्ट पुस्तकलाई पुरस्कार प्रदान गर्दै आएको छ ।