अमेरिकी कविता

‘गीत, सङ्गीत र साहित्यमा ११२ वटा विश्व कीर्तिमान राख्न सफल डा.डी.आर. उपाध्यायले हिजो २०७९ कात्तिक ५ गते थप १३ ओटा काव्यसिर्जना सार्वजनिक गर्ने बताउनु भएको छ ।
डा.डी.आर उपाध्यायका प्रस्तुत काव्य सिर्जनाहरू नयाँ, अनौठो र सामाजिक विषयबस्तुमा आधारित रहेका छन् । हिजो प्रस्तुत काव्यहरुका विषयहरूमा अन्तरिक्ष यात्रीहरूको नाममा, ग्रामी पुरस्कार पाउने सबै श्रीमान र श्रीमतीका नाममा, संसारमा बज्ने घन्टीहरूका नाममा, अङ्ग्रेजी अक्षर ब देखि शसम्म हर अक्षरबाट लाइन सुरु भएको २६ लाइनको देशभक्तिपूर्ण भावमा लगायतका अन्य नयाँ भावमा काव्यहरू रहेका छन् ।उक्त पत्रकार सम्मेलनमा सार्वजनिक गरिएका तेह्र काव्यका बारे डा.डी. आर. ले जानकारी गराएर केही कविताहरू वाचनगर्दै कृतिप्रकाशन गर्ने जानकारी गराउनु भएको छ ।
सो अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व केन्द्रीय अध्यक्ष एवं साहित्यिक पत्रकार संघका अध्यक्ष वरिष्ठ साहित्यकार राधेश्याम लेकालीले विशेष मन्तव्य राख्नु भएको थियो । सोही कार्यक्रममा गीतकार संघका निवर्तमान अध्यक्ष वरिष्ठ गीतकार चूडामणि देवकोटाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।