• २०८२ भाद्र २९, आईतवार

गायक सत्यराज आचार्यको स्वरमा ‘न जिउन सके न मर्नै सके’ सार्वजनिक

काठमाडौँ

गायक सत्यराज आचार्यको स्वरमा रहेको गीत ुन जिउन सकें न मर्नै सकेुं सार्वजनिक गरिएको छ । गीतकार प्रतिमा गुरुङको शब्द रहेको गीतमा चिरञ्जीवी भण्डारीको संगीत रहेको छ । भिडियोमा स्मारिका ढकाल, सुरेश कोहली लगायतको अभिनय रहेको छ, जसमा मायामा विश्वासघातको कथा देखाइएको छ ।

गीतको भिडियोमा स्मारिका ढकाल, सुरेश कोहली, चिरञ्जीवी भण्डारी लगायतको अभिनय देख्न सकिन्छ । भिडियोमा कन्सेप्ट, कथा गीतकार गुरुङले नै तयार गरेकी हुन् । चोखो माया गरेको व्यक्तिले मायामा विश्वासघात पाएपछि गर्ने नकारात्मक क्रियाकलाप भिडियोमा देखाउन खोजिएको हो । भिडियोमा उत्सव दाहालको छायाङ्कन र विष्णु खड्काले सम्पादन गरेका हुन् ।