कहानी–हिन्दी

भरतपुर ।
समालोचक रमेश प्रभातको दोस्रो निसमालोचनासङ्ग्रह ‘अरू अलिकति फरक कुरा’ सार्वजनिक भएको छ । गजल मञ्च चितवनले प्रकाशन गरेसँगै सो संग्रह बजारमा आएको छ ।
‘अरू अलिकति फरक कुरा’ समालोचक प्रभातको दोस्रो निसमालोचनासङ्ग्रह हो । यसमा रहेका २९ वटा निसमालोचनामध्ये १५ वटा चितवनका सर्जकहरूका कृतिमाथिका निसमालोचना छन् । यसअघि प्रभातको निसमालोचनासङ्ग्रह अलिकति फरक कुरा प्रकाशित भएको छ ।
नयाँ कृतिमा समेटिएका सर्जकहरुको अभिमत पनि सुनिएको छ ।
समालोचक प्रभातको जन्मदिन कै अवसरमा कृति सार्वजनिक गरिएपछि एक कार्यक्रम आयोजना गरि स्रष्टाहरुले आफ्नो अभिमत राख्नुभएको हो ।आयोजक संस्था गजल मञ्च चितवनका अध्यक्ष रामकृष्ण अनायासको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई मञ्चका निवर्तमान अध्यक्ष लेखराम सापकोटाले सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा सर्जकहरू सुरेन्द्र अस्तफल, किसान प्रेमी, गणेश श्रमण, उदय अधिकारी, उपेन्द्र त्रिपाठी, विद्या भण्डारी चिराग, विनोदबाबु रिजाल, सूर्यप्रकाश कँडेल, पदम अर्याल, वसन्त पराजुलीलगायतले कृति माथि टिप्पणी गर्नुभएको थियो ।