• २०८१ श्रावाण ११ शुक्रबार

मन छ

डम्बर बिकेल

डम्बर बिकेल

तिमीसँगै हाँस्न मन छ, तिमीसँगै रून मन छ
जुनीजुनी, सयौँ जुनी मलाई तिम्रै हुन मन छ

मुटु जल्छ, तिमीले कसैसँग बोले यो मुटु जल्छ
मुटु चल्छ, तिमी छौ र त सधैँ मेरो यो मुटु चल्छ
तिमीसँगै फुल्न मन छ, तिमीसँगै झर्न मन छ
जुनीजुनी, सयौँ जुनी मलाई तिम्रै हुन मन छ

हाँस्न पाऊँ, जीवनभरि तिम्रै साथमा हाँस्न पाऊँ
बाँच्न पाऊँ, हजारौँ चोला तिम्रै साथमा बाँच्न पाऊँ
तिमीसँगै बाँच्न मन छ, तिमीसँगै मर्न मन छ
जुनीजुनी, सयौँ जुनी मलाई तिम्रै हुन मन छ


(बिकेल चर्चित गीतकार हुन्)
[email protected]