समाचार
								
							चितवन ।
विश्व नेपाली साहित्य महासङ्घ चितवन शाखाको आयोजनामा कवि भगवती सापकोटा ढकालको छन्दोबद्ध कवितासङ्ग्रह महसुस लोकार्पण भएको छ । विश्व नेपाली साहित्य महासङ्घका महासचिव सुनिता कन्दङ्वा, चितवन च्याप्टरकी अध्यक्ष हरिप्रिया रिजाल, भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति इन्द्रप्रसाद रेग्मी, केशवराज आमोदी, पूर्णप्रसाद अधिकारी र यमलाल ढकालले कृति विमोचन गर्नुभएको हो ।
कार्यक्रममा कृतिका सन्दर्भमा पूर्णप्रसाद अधिकारीले समीक्षात्मक टिप्पणी राख्नु भएको थियो । स्रस्टाहरु विष्णु तिवारी उषा, सूर्यमणि रेग्मी, राजेन्द्र घायललगायतले विमोचित कृतिभित्रका रचना वाचन गर्नुभएको थियो । विदुर अधिकारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमलाई पुष्प अधिकारी अञ्जलीले सहजीकरण गर्नुभएको थियो ।
