• २०८२ आश्विन २७, सोमबार

शिशिर योगी र एन. पि. मुस्कानको ‘बुद्ध आए हुन्थ्यो’ सार्वजनिक

काठमाडौँ ।

गायक शिशिर योगीको ‘बुद्ध आए हुन्थ्यो’ गीतको भिडिओ सार्वजनिक भएको छ । गीतकार एन. पी. मुस्कानको ‘बुद्ध आए हुन्थ्यो’ गीतलाई योगीको सुमधुर संगीत र स्वरले जीवन्तता प्रदान गरेको छ।

उक्त गीतको सङ्गीत संयोजन नोर्बु शेर्पा, ध्वनि मिश्रण प्रकाश मिश्र, रेकर्डिस्ट दिल सार्की, रेकर्डिङ स्टुडियो ध्वनिक नेपाल, बाँसुरी नगेन्द्र राई, लय प्रमोद उपाध्याय, ग्राफिक्स लोकेश भाट र कोरस दिपा तामाङ र अनुमा चौधरीको रहेको छ । उक्त गीतले मुलुकमा सुख, शान्ति, समृद्धि र सद्भावको चाहना व्यक्त गरेको छ ।