• २०८२ आश्विन २७, सोमबार

मुखियाको विकास मोह !

चेतन काफ्ले

चेतन काफ्ले

धेरै दिनदेखि गाउको विकासकोलागि मुखियाको मथिंङगलमा एउटा योजनाले चक्कर काटी रहेको थियो । गाउको बस्तीको वीचमा रहेको खाली जग्गामा किन एउटा विशाल पोखरीको निमार्ण नगर्ने ? गाई भैसीलाई पानी खुवाउने । करेसा बारी तरकारीलाई पानी पटाउने । सबैको पहुच र उपयोगी हुने आयोजना । तत्काल आयोजनको विस्तृत लागत विवरण तयार गरी उपल्लो तहमा बिन्ती बिसाए । केहिदिन पश्चात आयोजना स्वीकृत भै रकम कलम समेत निकासा भयो ।

केही महिना शान्त रहेका मुखियाको मस्तिष्कमा पुनः अर्को योजनाले डेरा जमाई सकेको थियो । गाउ बस्तीको विचमा रहेको पोखरीमा वालवच्चा डुबेर मर्ने सम्भावना बढेकोले दुर्घटना हुनु अगाबै केही सोच्ने पो हो की ? तत्कालै प्राविधिज्ञलाई बोलाई पोखरी पुर्न लाग्ने लागत इष्टिमेट तयार गर्न आदेश दिए । आयोजनको विस्तृत लागत विवरण सहित मुखियाले माथि विन्ती बिसाय । केही दिन पश्चात योजना स्वीकृत भई रकम कलम सहित निकासा भएको जानकारी पत्र प्राप्त भयो ।
पोखरी ! न खनियो न पुरियो ।


चेतन काफ्ले