• २०८२ मंसिर ११, बिहीबार

फोन

लीलाराज दाहाल

लीलाराज दाहाल

नयाँ कार्यालय भर्खर सञ्चालनमा आएको थियो !
कार्यालयको लागि केही कर्मचारीहरु अपुग भए ! पदपूर्तिका लागि योग्य व्यक्तिहरुबाट दरखास्त आह्वान गरियो । केही कम्प्युटर अपरेटर पदका लागि आवेदन मागियो ।

लक्ष्मणले पनि बेरोजगारीको दलदलबाट बाहिर निस्कन बिज्ञापन भएको पदमा दरखास्त हाले । उनी कम्प्युटर बिज्ञानमा स्नातक थिए । कम्प्युटर जानेका अरु पनि केही युवायुवतीहरुले फाराम भरेका थिए । परीक्षाको किसिम प्रयोगात्मक र अन्तर्वार्ता भनिएको थियो । केही समयमा परीक्षाको नतिजा पनि सार्वजनिक भयो ।

प्रकाशित नतिजामा लक्ष्मण लगायतका परीक्षार्थीहरुको नाम निस्किएको थिएन । कहिल्यै कम्प्युटर नछोएका, कम्प्युटरको बारेमा सामान्य कुराको पनि जानकारी नभएकाहरु पो परीक्षामा उत्तीर्ण हुन पुगेका थिए ! अनि लक्ष्मण लगायतका योग्य परीक्षार्थीहरुले हाकिमको कोठामा पुगेर असन्तुष्टी जनाए, “हामी कसरी अयोग्य भयौं हाकिम साहेव ? आज हाम्रा प्रमाणपत्रहरुको ठूलो उपहास भयो तपाईंबाट ! ”

अव हाकिममा उनीहरुको चित्र् बुझाउन सक्ने तागत बाँकी थिएन । लाचारीको चश्मा लगाउँदै उनले भने,“ तपाईंहरुको लागि माथिबाट फोन आएन । म के गरूँ त ? ”


लीलाराज दाहाल
बागमती ११, कर्मैया, सर्लाही