• २०८२ मंसिर ८, सोमबार

नेपाल स्रष्टा समाजद्वारा ‘योगमाया स्रष्टा सम्मान’ घोषणा

काठमाडौं ।

नेपाल स्रष्टा समाजले बर्सेनि प्रदान गर्दै आएको ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’ साहित्यकार सुकन्या वाइवालाई र ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान’ भूपाल बस्नेतलाई प्रदान गर्ने घोषणा गरेको छ ।

साहित्यकार पवन आलोकले स्थापना गरेको ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’का साथ २५ हजार १११ रुपैयाँ नगद राशिसहित प्रदान गरिन्छ । त्यस्तै, समाजसेवी राजेश न्यौपाने, केदार न्यौपाने, दीपा न्यौपाने र अर्लिन पर्ज न्यौपानेले स्थापना गरेको ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान’ का साथ नगद राशि ५० हजार एक प्रदान गरिने समाजले जानकारी गराएको छ ।