• २०८२ आश्विन ७, मंगलवार

सुगम पोखरेलको ‘यो कथा हो मेरो’ गीत सार्वजनिक

काठमाडौँ ।

गायक सुगम पोखरेलको नयाँ गीत ‘यो कथा हो मेरो’ सार्वजनिक भएको छ ।गीतमा उनकै शब्द, सङ्गीत र स्वर रहेको छ । भिडियोमा अन्जु रिजाल, मिलन कार्की लगायतका कलाकारको अभिनय रहेको छ भने यसको निर्देशन सुशान्त गौतमले गरेका हुन् । गायक सुगमले गीतले दर्शक तथा स्रोताको मन जित्ने आशा व्यक्त गरेका छन् र उनले युट्युब मार्फत गीत सार्वजनिक गरेका छन् ।

गीतको सङ्गीत संयोजन सुगम आफ्नैले गरेका हुन् । योगेश दाहालको छायाङ्कन तथा सम्पादन रहेको भिडियोको निर्देशन सुशान्त गौतमले गरेका हुन् । हाम्रै समाजका केहि प्रतिनिधि कथाहरू गीत तथा भिडियोमा समेटिएको गायक सुगमले बताए । उनले दर्शक तथा श्रोताहरूले गीतलाई मन पराउने आशा व्यक्त गरे । गीतको भिडियोलाई गायक सुगम पोखरेल आफ्नो आधिकारिक युट्युब मार्फत सार्वजनिक गरेका छन् ।