• २०८२ आश्विन ६, सोमबार

भोला अधिकारीले ल्याए पुर्बेली भाकामा ‘गैदिउँ भागेर’

काठमाडौँ ।

रंग पत्रकार भोला अधिकारीको शब्दमा ‘गैदिउँ भागेर’ बोलको गीत सार्वजनिक भएको छ । पुर्बेली भाकामा बनेको गीतमा अर्जुन घिमिरे र बिन्दु परियारको स्वर छ । रविन अधिकारीले संगीत भरेका छन् । प्रेम कथामा आधारित गीतले पूर्वको ओखलढुङ्गा, पोकली झरना, उदयपुर, सप्तकोशीदेखि धनकुटासम्मको सेरोफेरो समेटेको छ ।

भिडियोमा गायक घिमिरेसँगै गीतु पराजुली र सन्तोष बराईलीको अभिनय गरेका छन् । दीपेश एसकेको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा प्रेम लामाको छायांकन र टेकेन्द्र शाहको सम्पादनमा बनेको छ । गीतको भिडियो गायक घिमिरेकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । यसअघि पत्रकार अधिकारीको ‘पूर्वै मोरङको’, ‘रुमाल फाटिगो’ लगायत गीत सार्वजनिक भइसकेको छ ।