समाचार

काठमाडौँ ।
वरिष्ठ संगीतकार रञ्जित गजमेर विसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मानबाट सम्मानित हुने भएका छन् । गोर्खा फाउन्डेसनले प्रदान गर्दै आएको विसे नगर्ची व्यक्तित्व सम्मान पुरस्कार यसपालि वरिष्ठ संगीतकार गजमेर र शिक्षासेवी जयनारायण ढुंगानालाई दिन लागेको हो ।
शनिबार दिउँसो ३ बजे झापाको बिर्तामोडमा एक कार्यक्रम गरी फाउन्डेसनले उक्त सम्मान वितरण गरिने कार्यक्रमका संयोजक विरू दर्नालले जानकारी दिए । गजमेरले ‘इशाराले बोलाउन पर्दैन, ‘सुन भन न’, ‘कुसुमे रूमाल’, ‘बस है आमा’, ‘टुङ्नाको धुनमा’, ‘लहनाले जुरायो की’ लगायत चर्चित गीतमा संगीत भरेका छन् ।