• २०८१ माघ ११ शुक्रबार

गोविन्दवल्लभ पन्त ’नेफ्सा’ अवार्ड दिक्षा शिल्पकार र भावना हुमागाईंलाई

काठमाडौँ- गोविन्दवल्ल भपन्त नेफ्सा अवार्ड ट्रस्टका तर्फबाट अध्यक्ष हिक्मत थापाले सन २०२१ का लागि त्रिभुवन विश्वविधालय तर्फ विज्ञान तथा प्रविधि क्याम्पस, पोखराकी दिक्षा शिल्पकार र पूर्वाञ्चल विश्वविधालयतर्फ कलेज अफ एप्लाइड फुड एन्ड डेरी टेक्नोलोजी काठमाडौंकी भावना हुमागाईलाई पुरस्कार प्रदान गरिने घोषणा गरेका हुन् ।

प्रत्येक वर्ष त्रिभुवन विश्वविधालय र पूर्वाञ्चल विश्वविधालयका बि.टेक. खाद्य प्रविधिमा अध्य्यनरत उत्कृष्ट विद्यार्थीलाई प्रदान गरिने गोविन्दवल्लभ पन्त नेफ्सा अवार्ड-२०२१ दिक्षा शिल्पकार र भावना हुमागाईंलाई प्रदान गरिने भएको छ ।

नेपाल खाध प्रविधि विद्यार्थी संघ (नेफ्सा) का दोश्रो कार्यकालका अध्यक्ष पन्तको स्मृतिमा स्थापित उक्त पुरस्कार नेपालभरकै खाधप्रविधि अध्ययनगर्ने स्नातकतहका उत्कृष्ट विद्यार्थीमध्ये दुई जनालाई प्रत्येक वर्ष प्रदान गरिने गरेको कोषका उपाध्यक्ष हरिहर गुरागाईले बताए । २०६९ सालबाट सुरु गरिएको पुरस्कारको यो नवौं श्रृङखला हो ।

कोरनाका कारण पुरस्कार घोषणा गरेर पनि वितरण गर्न नसकिएको सन् २०१९ को पुरस्कारका विजेताहरुलाई पनि यो वर्षको पुरस्कार प्रदान गरिने उनले बताए । यसै वर्ष एक विशेष कार्यक्रम गरी पुरस्कार दिइनेछ ।