• २०८२ आश्विन २२, बुधबार

कवि मीना श्रेष्ठको एकल कविता वाचन सम्पन्न

काठमाडौं ।

महिला साहित्य समूहले आज डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा साहित्यकार माननीय मीना श्रेष्ठको एकल कवितावाचन कार्यक्रमकि आयोजना गरयो । वरिष्ठ साहित्यकार उषा शेरचनको सभापतित्वमा आयोजित सो कार्यक्रमको प्रमुख अतिथि गुन्जनकी अध्यक्ष कथाकार जलेश्वरी श्रेष्ठ रहनु भएको थियो ।

कार्यक्रममा कवि मीना श्रेष्ठले आफ्ना १५ थान कविता वाचन गर्नु भएको थियो भने साहित्यकारहरु मन्जिला अनिल, शान्ति पौडेल, सृजना शर्मा, निर्मला फुँयाल, उषा शेरचन, रीता खत्री लगायतले कवि श्रेष्ठको कविता वाचन गर्नु भएको थियो । कार्यक्रममा साहित्यकार डा. यादेवी ढकालले कवि मीना श्रेष्ठको संक्षिप्त परिचय गराउनु भएको थियो । महिला साहित्य समूहकी संयोजक कवि रीता खत्रीले सहजीकरण गर्नु भएको सो कार्यक्रममा प्रमुख अतिथि जलेश्वरी श्रेष्ठ, सभापति उषा शेरचन र कवि मीना श्रेष्ठले विशेष मन्तव्य राख्नु भएको थियो ।

वि. स. २०३४ चैत २६ गते खोटाङमा जन्मिनु भएकी कवि मीना श्रेष्ठ २०५३ सालमा “खै कहाँ खोजुँ म नारी मुक्ति“ कविता प्रकाशित गरेर नेपाली कविता साहित्यमा प्रवेश गर्नु भएको हो । कवि श्रेष्ठको “बिस्कुन यो मनको“ २०७१ र “फर्गेट एस्टर्डे“ कविताकृतिहरु प्रकाशित रहेका छन् ।