• २०८२ आश्विन ७, मंगलवार

‘इन्फा अवार्ड २०२५’ का उत्कृष्ट ५ मनोनितलाई प्रमाणपत्र

काठमाडौँ ।

इन्टरनेसनल नेपाली फिल्म अवार्ड (इन्फा) २०२५ को उत्कृष्ट पाँचमा मनोनित फिल्म र फिल्मकर्मीको नाम सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा १७ विधामा मनोनयन सार्वजनिक गर्दै उनीहरूलाई मनोनयन प्रमाण पत्र समेत प्रदान गरिएको हो ।

१३ सेप्टेम्बरमा लन्डनमा आयोजना हुने अवार्डमा २०८१ सालको असार मसान्तपछि प्रदर्शनमा आएका फिल्ममध्येबाट १७ विधामा उत्कृष्ट ५ छनोट गरिएको हो । गौरी मल्ल संयोजक, रमेश बुढाथोकी र रमेश बुढाथोकी सदस्य रहेको जुरीको समूहले मनोनयन तयार पारेको हो ।

निर्णायक मण्डलबाट प्राप्त उत्कृष्ट पाँचको नतिजा निष्पक्ष र पारदर्शी रहेको अवार्ड संयोजक मनिष कार्कीले बताए । फिल्मको माध्यमबाट कला, साहित्य, भाषा संस्कृतिको प्रवर्धन गर्दै अवार्डको स्तरलाई विश्वमाझ देखाउन सकिने हिसाबले इन्फाको दोस्रो संस्करण आयोजना गरिएको कार्कीले जानकारी दिए ।