समाचार

म यहाँको चोकमा उभिएर थाकिसकेँ
शालिक हुँ परिचय दिएर थाकिसकेँ !
आफ्नै बगरको प्यास मेट्न सकिएन
समुन्द्र हुँ नदीहरू पिएर थाकिसकेँ !
देखिदै हिँड्न मन थियो भरी बजारमा
झुम्का न हुँ कपालले छोपिएर थाकिसकेँ !
उसले टाढाको नजर देख्दै देख्दैन
म पावरवाला चश्मा दिएर थाकिसकेँ !
बात नै बातमा बात नै भुलि सकेछु
बर्सौं देखि बातमै अल्झिएर थाकिसकेँ !
उसको अनुहारले मेरो पिच्छा छोडेन
अभागी ऐना हुँ टुक्रिएर थाकिसकेँ !
अझै भाँचिदैन किन यो पुरानो हाँगो
धेरै दिनभयो झुन्डिएर थाकिसकेँ !
ए जमाना ! तेरो जमाना तँ नै सम्हाल
मैले वजन काँधमा लिएर थाकिसकेँ !
छोड सलामी छानोका कुरा के सम्झिनु
क कसले ढुङ्गा हान्यो सम्झिएर थाकिसकेँ !
बिपिन सलामी
[email protected]