• २०८२ आश्विन २३, बिहीबार

लेखक धर्मेन्द्र नेम्वाङले एकसाथ ४ कृति सार्वजनिक

काठमाडौँ ।

लेखक धर्मेन्द्र नेम्वाङले एकसाथ ४ कृति बजारमा ल्याएका छन् । जसमा ‘कृष्णविक्रम नेम्वाङले हिँडेको क्रान्तिको बाटो’, ‘पिता पुर्खाको कथा’, ‘कांग्रेस पार्टीको रूपान्तरण र देश बनाउने विधि’ र ‘बीपी विचारधारा र हरियो समाजवाद’ छन् ।

कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेसहित नेताहरू मधु आचार्य, गुरुराज घिमिरे, रमेश लिङ्देन, शंकर तिवारीलगायतले उक्त कृति शनिबार काठमाडौँमा विमोचन गरेका हुन् । आचार्य, घिमिरे, लिङ्देन र तिवारीले ती कृतिको समीक्षा गरेका थिए ।

साहित्यकार डा. विष्णुविभु घिमिरे, प्रा. डा. कुमार कोइराला र विमला तुम्खेवाले लेखकलाई शुभकामना दिएका थिए । कृतिकार नेम्वाङले आफ्ना किताबको विमोचन गर्न उपन्यास ‘रातो बाघ’ देखि नै छाडे पनि यस पटक सन्जोग परेको बताए । ‘मैले यो चाहेर भएको होइन । चार वटा कृतिको विमोचन एक सन्जोग मात्र हो’, उनले भने । यीमध्ये दुइटा (देश बनाउने विधि र हरियो समाजवाद) आफ्नो लेखन र बाँकी (क्रान्तिको बाटो र पिता पुर्खाको कथा) सम्पादन रहेको उनको भनाइ थियो ।