• २०८१ असोज २८ सोमबार

आस्था

ओम आचार्य

ओम आचार्य

त्यो
नसा
नसामा
बग्ने गर्छ,
उकाली चढ्छ
ओरालीमा झर्छ
मैदान घुमी नाच्छ
हिमाल चढेर हाँस्छ
थाक्दैन यायावर हो ऊ
पाइलाहरू चालिरहन्छ।
बिहानीको झुल्के घाममा
जिजीविषा सुकाउँछ
सद्भाव फुकाउँछ
लज्जा लुकाउँछ
गहिराइमा
जीवनको
सौन्दर्य
खोज्छ
त्यो ।


ओम आचार्य, अर्घाखाँची
नेपाल