• २०८१ श्रावाण ३ बिहीबार

साहित्यकार फुयाँललाई खिलशर्म-राजीव लोचन जोशी पुरस्कार

काठमाडौँ ।

कवि शिरोमणि राजीव लोचन जोशीको ९४ औ स्मृति दिवसको अवसरमा खिलशर्म –राजीव लोचन जोशी स्मारकप्रतिष्ठानबाट वरिष्ठ साहित्यकार श्रीहरि फुयाँल सम्मानित हुनुभएको छ । यस वर्षको खिलशर्म राजीव लोचन जोशी स्मृति पुरस्कार वरिष्ठ साहित्यकार श्रीहरि फुयाँललाई प्रदान गरिएको छ । खिलशर्म–राजीव लोचन जोशी प्रतिष्ठानद्वारा राजीव लोचन जोशीको ९४औँ स्मृतिदिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनलाई २० हजार राशिको उक्त पुरस्कारबाट सम्मान गरिएको हो ।

नेपाली साहित्यको विविध क्षेत्रमा पाँचदशक भन्दा बढी समयदेखि निरन्तर सेवा गरेको भन्दै प्रतिष्ठानले साहित्यकार फुयाँललाइ सम्मानित गरेको हो ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका निमित्त कुलपति जगमान गुरुङले फुयाँललाई बधाई दिँदै नेपाली साहित्यको माध्यमिक कालमा साहित्यकार राजीव लोचन जोशीको महत्वपूर्ण योगदान रहेको बताए ।

“साहित्यकारलाई सम्मान गर्दा समग्रमा राज्यकै सम्मान हुन्छ । यसबाट देशको उन्नति प्रगति हुन्छ”, उनले भने, “यस प्रतिष्ठानले शास्त्रीय मर्यादालाई कायम राखेको छ, साहित्य र साहित्यकारको सम्मानमा गरेको काम प्रसंशनीय छ ।” नेपाली साहित्यका विविध क्षेत्रमा ५ दशक भन्दा अघिदेखि निरन्तर सेवागर्दै प्रशंसनीय कार्य गरेबापत वि.स. २०७९ को खिलशर्म राजीब लोचन जोशी स्मारक पुरस्कारबाट साहित्यकार फुयाँल सम्मानित हुनुभएको हो ।