• २०८१ चैत ३ सोमबार

समस्या !

धनराज गिरी

धनराज गिरी

यता केही समस्या छ,उता अझ बढी !
जानेको हो सबै कुरा अनुहार पढी !

बैकुण्ठमा रुघाखोकी कैलाशमा अर्बुद !
सुके लुतो इन्द्रलोकमा लगाउने छडी !!

शीतयुद्ध जहाँ पनि मुर्मुरिने मान्छे !
कलमले कलमलाई भन्ने  गयो सडी !

शक्तिखोर कोमातिर इमर्जेन्सी माडी !!
तुलसीको मोठमा पुग्यो उपरदाङ गढी !!

बिन्दास गैंडा सौराहामा लेख्न थाल्यो गजल !!
स्वाभिमानी स्वाधीन योगी अडानमा अडी !


धनराज गिरी