• २०८२ आश्विन २७, सोमबार

प्रेमध्वज प्रधान राष्ट्रिय सङ्गीत सम्मान–२०८२ वरिष्ठ गायिका मीरा राणालाई

काठमाडौँ ।

प्रेमध्वजप्रधान राष्ट्रिय सङ्गीत सम्मान – २०८२ वरिष्ठ गायिकामीरा राणालाई प्रदान गरिने गोल्डन भ्वाइस प्रेमध्वजप्रधान स्मृति प्रतिष्ठानले जनाएको छ । यस सम्मान सहित रू. एक लाख एक धनराशि रहेको छ । प्रतिष्ठानले प्रेमध्वजको जन्मदिनको अवसर पारी प्रत्येक दुई वर्षमा गरिने स्रष्टा सम्मान तथा पुरस्कार प्रदान कार्यलाई निरन्तरता दिदै आएको छ ।

त्यस्तै वैशाख २१ गते प्रतिष्ठानका संस्थापक अध्यक्ष श्रीमती किरण प्रधानको अध्यक्षतामा बसेको बैठकले प्रेमध्वज प्रधान राष्ट्रिय युवा सङ्गीत पुरस्कार–२०८२ यस वर्ष प्रतिभाशाली गायक सुरज कुमार थापाज्यूलाई प्रदान गरिने उल्लेख गरेको छ । यस पुरस्कार सहित रू. पचास हजार एक धनराशि रहेको छ ।

त्यसैगरी प्रेमध्वज–किरण प्रधान राष्ट्रिय प्रतिभा सङ्गीत पुरस्कार–२०८२ प्रतिभावान् गायक सिन्धुपाल्चोकबासी चन्द्र सिं घलेज्यूलाई प्रदान गरिने छ । यस पुरस्कार सहित रू. पच्चीस हजार एक धनराशि रहेको छ । २०८२ साल ज्येष्ठ २७ गते मङ्लबार स्रष्टा सम्मान तथा पुरस्कार नेपाली सङ्गीत क्षेत्रका अन्य व्यक्तित्वहरूलाई प्रदान गरिने जानकारी गराएको छ ।