२०८२ जेठ १८ गते वरिष्ठ साहित्यकार गणेश रसिकको निधन भएको छ । उहाँ ५ वर्षदेखि प्रोस्टेट क्यान्सरको उपचार गराउँदै हुनुहुन्थ्यो । उपचारकै क्रममा ललितपुर हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा उहाँको निधन भएको हो ।
नेपाली साहित्यमा उहाँका कथा, कविता, उपन्यास, संस्मरण, निबन्ध आदिका अनेकौँ कृतिहरू प्रकाशित छन् भने नेपाली गीतसङ्गीतको क्षेत्रमा पनि उहाँको विशेष दखल रहेको छ ।
आज उहाँको पार्थिव शरीरलाई टिचिङ्ग हस्पिटलमा राखिने र उहाँकी एक मात्र छोरी विदेशबाट फर्केपछि दाहसंस्कार गरिने कुरा पारिवारिक श्रोतले जनाएको छ । साहित्यकार गणेश रसिक ७८ वर्षको हुनुहुन्थ्यो ।