समाचार

फूल हुनु मेरो भूल हो
दुस् ख लाग्छ मलाई
आफू फूल भएकोमा
मभित्र रस छ, पराग छ
अनि सुगन्ध छ
जब म फक्रिन्छु, सुगन्ध छरिन्छ चारैतिर
बास्ना पछ्याउँदै पछ्याउँदै
आउँछन् उन्मत्र् भमराहरु
अनि भन्छन् तिमी राम्री छौ, तिमी चरी हौ, तिमी परी हौ
मन पर्दैन यो प्रशंसा मलाई
म भन्छु तिम्रो हेराइमा लिबिडो छ
चारैतिरबाट घेरिन्छु म कामुक भमराहरुबाट
म भन्छु बचाऊ बचाऊ
मेरो गुहार सुनेर चारैतिरबाट आउँछन्
सुरक्षाका बर्दी लगाएका प्यासी अन्य भमराहरु
हरेक भमराहरु भन्छन् आइ लव यु
मन पर्दैन यो आइ लव यु मलाई
म भन्छु तिम्रो बोलाइमा लिबिडो छ
सबै भमराहरुबाट म चुमिन थाल्छु
मन पर्दैन यो चुम्बन मलाई
माया बिनाको चुम्बनले मेरा पत्रहरु
शिथिल हुन्छन् र झर्न थाल्छन्
चुसिन्छु म, सिद्धिन्छन् मेरा रसहरु
म चुसिन्छु, म टोकिन्छु अनि म दारिन्छु
अनि मेरा रसहरु सिद्धिन्छन्, परागहरु सिद्धिन्छन्, सुगन्धहरु सिद्धिन्छन्
मेरा सारा पत्रहरु छियाछिया भई झर्छन्
अनि रस नभएको, पराग नभएको, सुगन्ध नभएको
बन्छु म एक अस्तित्वहीन फूल
एक बलात्कृत फूल
बलात्कृत फूल देखेर
दया देखाउँदै आउँछ एक महान् भमरो
र भन्छ, आइ लव यु फूल,
तिमी बाँच्नुपर्छ, तिमीले मर्नुहुन्न
म बोल्न सक्दिनँ, मात्रै हेरिरहन्छु
ऊ पुनः भन्छ, आइ लव यु फूल
अनि बलात्कृत फूलमाथि गर्न थाल्छ मनोमानी
बलात्कृत ममाथि गर्दछ सम्भोग
कामेच्क्षा पूरा भएपछि भुर्र उडेर जान्छ भमरो
बन्छु म एक अस्तित्वहीन फूल
एक प्राणहीन फूल
एक मृत फूल ।
डम्बर बिकेल