• २०८२ आश्विन २२, बुधबार

प्रकाश घायलका चार मुक्तक

प्रकाश घायल

प्रकाश घायल

मन विचलित भएको बेला, विचार स्खलित भएको बेला
मानवीय काल- कोठरीमा, व्यबहार स्खलित भएको बेला
उजाड उजाड भए वागहरू, सुस्त सुस्त भए नदिनालाहरू
निति- नियम नाङ्गै देखिन्छ, सरकार स्खलित भएको बेला ।

उमेर बढ्दै सकिन्छ जवानी चड्दै सकिन्छ
निस् संदेह पानीको त्यो कहानी बग्दै सकिन्छ
अभिमान के कोरु दियोको तेल नहो जिन्दगी
दियो बत्तीमा गरिएको लगानी जल्दै सकिन्छ ।

सुख राख्ने भकारी हजुरको दुस्ख छोप्ने छाता हजुरको
भित्रभित्रै कुटिल चाल आहा ! क्या राम्रो गाता हजुरको
जमघटमा मीठो दमदार जति भाषण गरेपनि ए हजुर
बेइमानहरू सँगसँगै गासिएको उहीँ पुरानो नाता हजुरको ।

मन्दिर हजुरको मन्दिरको पुजारी हजुरको
नैतिकताको नै ब्यापार गर्ने ब्यापारी हजुरको
बाहिर जतिसुकै अर्ती उपदेश दिदै हिडेपनि
घरभित्रै छ अपराध लुकाउने भकारी हजुरको ।।


प्रकाश घायल