• २०८२ मंसिर ११, बिहीबार

भत्किएको सपना

रञ्जुश्री पराजुली

रञ्जुश्री पराजुली

आफ्नो पालामा गाँउमा माध्यामिक विद्यालय थिएन । पढ्ने क्षमता भएर पनि आफुले पढन नपाएकोमा रामहरि भाग्यलाई दोष दिन्थे । तर छोराको पालामा शिशु कक्षा देखिनै सुरु हुनेगरी माध्यमिक विद्ध्यालय स्थापना भयो ।छोरालाई आफ्नै गाउँमा पढाउन पाएँ भनेर उनी सार्है खुशी भए । चारकक्षामा स्कुल भर्ना भएर पढ्न थालेको उनको छोरा रमन कक्षामा सधैं प्रथम हुँदै माथी बढ्यो । पाए सम्म छात्रवृत्तिमा अमेरिका पढ्न जान्छु भनेर बुबाको सल्लाह अनुशार उ राजधानीको कलेजमा पढ्न थाल्यो।उस्को मनपर्ने बिषय कम्पुटर साइन्स थियो । यो बिषय लिएर उच्च शिक्षा पास गर्यो भने दाम माम दुबै कमाइन्छ भन्ने उस्ले सुन्दै आएको थियो ।

आफ्नो बिचार बुबालाई पनि भन्यो । बुबाले खुशी साथू हुन्छ बाबू भने ।रमनले अनलाइन खोजी तलासी गरेर अमेरिकाको आइआइटीको प्रख्यात युनिभरसिटीमा छ महिना पछि मात्र छात्रवृत्ति पाउने गरि सिट पायो । गाउँमा पनि उनीहरु त्यति धनवान थिएनन् । छोराले अमेरिकामा चाहेको विषयमा पढ्न सिट पायो त्यो उनको लागि ठूलो पुरस्कार जस्तो भयो । अर्को तिर जाने खर्च र छ महिना सम्म खानेबस्ने र पढ्ने खर्च स्वदेशबाट नै पुर्याउनु पर्यो ।त्यस्को लागि छोराले पढेर कमाई हाल्छ । देखाजायगा भनेर उनले धान फल्ने खेत नै एक टुक्रा बेचेर पठाए । जाने बेलामा त्यो अनकन्टार ठाउँमा पुगेर भोकभोकै नबस्नु । मलाई थादिनु । म जसरी पनि यताबाट खर्च पठाउँछु भन्न बिर्सिएनन् ।

आफुलाई त्यति धेरै माया र भरोशा गरेर खर्च जुटाएर शीक्षा आर्जन गर्न संसारको सब भन्दा विकसित देश पठाउने बाबुलाइ हस् बुबा, म हजुरको शिर उचा राक्नेछु भन्यो । रमन अमेरिका पुग्यो कागजी काम पूरा गरेर कलेज भर्ना भएर पढ्न थाल्यो । प्रत्यक दिन आफ्नै एकजना प्रोफेसर जो उ जसतै गरि आएको रहेछन् । उनले हप्ताको पन्ध्र घन्टा आफ्नै अफिसमा कम्प्युउटमा काम दिए । रमनले बिस्तारै माटर्स सक्यो । पन्ध्र दिन बिदामा घर गयो । गाउँ डुल्यो । बुबालाई थोर बहुत खर्चदियो । छ्ड्के तिलहरी लगाउन रहर गरेकी आमालाई पनि खर्च दियो । बुबाआमा दुबैलाई खुशी पारेर उ फर्कियो ।

अमेरिकामा धमाधम कामहरु कटौती हुन थाल्यो । धेरै कुरामा नियम बदलियो । कागजात बिना लुकिछिपी काम गर्नेहरुलाई देशबाट निकाल्न थालियो । रमनको ग्रीन कार्ड थिएन । एच ओन भिषा थियो । त्यस्को आफ्नै नियमहरु थिए । एक दिन सधैं झैँ उ अफिस जान तयार हुदैँ थियो । कम्पियुटरमा ईमेल आयो । हेर्दा उस्लाई कम्पनीले आजको मितिदेखी तिमी हाम्रो कर्मचारी रहने छैनौ  भन्ने खवर आएको रहेछ।


रञ्जुश्री पराजुली