• २०८२ कार्तिक १४, शुक्रबार

डा. सदानन्द कडेलका ‘शैक्षिक आकाशका उज्ज्वल नक्षत्र’ र ‘झुल्को आँखामा’ विमोचन

काठमाडौँ ।

नेपाल स्रष्टा समाजले शिक्षाविद् तथा साहित्यकार डा. सदानन्द कडेलका ‘शैक्षिक आकाशका उज्ज्वल नक्षत्र’ र ‘झुल्को आँखामा’ लोकार्पण गरेको छ । कडेलका दुई कृतिहरु प्रा. डा. सुरेशराज शर्मा, प्रा. डा. वासुदेव त्रिपाठी, केदारभक्त माथेमा, प्रा. डा. विद्यानाथ कोइराला, प्रा. डा. मनप्रसाद वाग्ले, वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदन, पवन आलोक, प्रा. डा. अन्जना भट्टराई, प्रा. डा. बालचन्द्र लुइँटेल लगायतले डा. कडेलका जीवनी बिम्ब ‘शैक्षिक आकाशका उज्ज्वल नक्षत्र’ र गीतसङ्ग्रह ‘झुल्को आँखामा’ लोकार्पण गरेका छन् ।

समाजका महासचिव देविका तिमिल्सिनाले सञ्चालन गरेको उक्त कार्यक्रममा काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा. डा. शर्मा, प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति प्रा. डा. त्रिपाठी, त्रिविविका पूर्व उपकुलपति माथेमा, प्रा. डा. कोइराला, प्रा. डा. वाग्ले लगायतले आ-आफ्ना अनुभवसहित मन्तव्य व्यक्त गरेका थिए ।

कृतिबारे प्रा. डा. अन्जना भट्टराई तथा प्रा. डा. बालचन्द्र लुइटेलले प्रकाश पारेका थिए । स्रष्टा डा. कडेल, श्रीओम श्रेष्ठ रोदन, पवन आलोक समेतले मन्तव्य व्यक्त गरेका थिए । शिक्षा र साहित्य क्षेत्रका मूर्धन्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । कोषाध्यक्ष तारा सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । लोकार्पित कृति शैक्षिक आकाशका उज्ज्वल नक्षत्र नेपाल स्रष्टा समाजले र झल्को आँखामा इन्दिरा लामिछाने उपाध्यायले प्रकाशनमा ल्याएकी हुन् ।