• २०८२ भाद्र २८, शनिबार

कैलाश पोखरेलको ‘दर्पण’ कवितासङ्ग्रहको लोकार्पण

काठमाडौँ ।

मोर्डेन कन्या स्कुलमा आयोजित एक कार्यक्रममा वखलढुंगाका कवि कैलाश पोखरेलद्वारा लेखिएको पाँचौ कविता कृति ‘दर्पण’ कविता सङ्ग्रहको लोकार्पण गरिएकोमा छ । लोकार्पण समारोहमा प्रमुख अतिथि वरिष्ठ साहित्यकर प्राध्यापक डाक्टर रामप्रसाद दाहाल तथा अनेसासका नेपाल च्याप्टरका अध्यक्ष राजेंद्रा केसीको अध्यक्षतामा सम्पन्न गरिएको थियो ।

प्रमुख अतिथि दाहालले दर्पणको कैलासको कविता सङ्ग्रहमा समाजका बेथिति र राजनीति ब्यङ्यको तीखोपन केलाइएको छ भन्दै उहाँको लेखनीमा सुन खारिएर सकिन्छ, नून गलेर सकिन्छ, बती जलेर सकिन्छ मानिस ले समय चिन्न सकेन भने उ पनि सकिन्छ नै पद पोस्ट कसैको प्यावा होइन ,नेता नाता पनि भोलि जनताको आँखाबाट सकिन्छन भन्ने कुरामा दर्पण कविता सङ्ग्रहमा राम्ररी कवितात्मक भाषामा चित्रण गरिएको छ भन्नू भयो ।

कृतिका लेखक कैलाश पोखरेलले आफ्नो भोगाइ दुस्ख सुख वर पर छर छिमेकी र गाउले जीवन देखेर भोगेर लेखिएको यसमा कविताहरु राखिएको छ भनु भयो । कार्यक्रममा कविहरु राधा दुवाल कार्की, ऋषभदेव घिमिरे, कृष्ण बाउसे, रन्जना निरौला, दिब्य गिरी, बिदुर निरौला द्वारिका कुइकेलले समसामयिक विशेष कविताहरु वाचन गरेका थिए । कृति माथि समालोचक प्रा डा नन्दीश अधिकारी, प्रा माधव घिमिरे प्रा मुकुन्द दाहाल जया छाङछा राइ, लगायतले आफ्नो बिचार व्यक्त गरेका थिए । प्रेरक पोखरेलले धन्यवाद दिएको कार्यक्रममा साहित्यकार सविन पोख्रेलले स्वागतमन्तव्य व्यक्त गरेका थिए ।