• २०८२ आश्विन ७, मंगलवार

भोलामान गुरुङको ‘चौतारीको बर पिपलुलाई छायाँ’सार्वजनिक

इटहरी ।

भोलामान गुरुङ र बिनु राईको स्वरमा सजिएको नयाँ गीत ‘चौतारीको बर पिपलुलाई छायाँ’ हालै भोलामान युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । नेपाली परिवेश, मौलिकता र सामाजिक सन्देश बोकेको यस गीतले छोटो समयमा नै चर्चा बटुल्न थालेको छ ।

गीतको शब्द एनबी मगरले लेखेका हुन् भने संगीत संयोजन, मिक्सिङ र मास्टरिङ रुद्र श्रेष्ठले गरेका छन् । भोलामान गुरुङको सिर्जनात्मक प्रयासमा तयार भएको यो गीतले संखुवासभाको चिचिल्ला गाउँपालिका तथा वरपरका रमणीय स्थानहरूमा छायाङ्कन गरेर दर्शकहरूलाई दृश्यरूपमै लोभ्याएको छ ।

नवीन दाहाल र अनुशिला राईको अभिनयले गीतको सामाजिक कथावस्तुलाई अझ प्रभावशाली बनाएको छ । गीतमा देखाइएको दुर्लभ गाउँ बस्ती र पहाडी जीवनशैलीले नेपाली मौलिकता र पहिचानलाई उजागर गर्छ । पछिल्लो समय मौलिकता झल्किने यस्ता गीतहरू कमै बन्ने गरेको अवस्थामा यो म्युजिक भिडियो एक उल्लेखनीय उदाहरण बनेको छ ।

संगीतप्रेमीहरूले गीतको शब्द, संगीत र दृश्य सबै पक्षमा सन्तुलन देखिएको प्रतिक्रिया दिएका छन् । सामाजिक सन्देश बोकेको यो म्युजिक भिडियो नेपाली कला, साहित्य र संगीतको संरक्षणमा योगदान र्पुयाउने प्रयासका रूपमा पनि हेरिएको छ ।