• २०८२ आश्विन २७, सोमबार

दायित्व वाङ्मय प्रतिष्ठानले गरयो सम्मान र पुरस्कारको घोषणा

काठमाडौं ।

दायित्व वाङ्मय प्रतिष्ठानले २०८२ सालका लागि विभिन्न सम्मान तथा पुरस्कारको घोषणा गरेको छ । दायित्वले जनाएअनुसार ‘दायित्व वाङ्मय विशिष्ट सम्मान’ कवि रमेश खकुरेल र समालोचक प्रा. डा. गार्गी शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै ‘दायित्व वाङ्मय सम्मान’ साहित्यकारद्वय मधुसूदनप्रसाद घिमिरे र जीवनपानीलाई प्रदान गर्ने भएको छ ।

त्यसैगरी ‘दायित्व मुरलीदेवी- गुरुदत्र् काफ्ले स्मृति पुरस्कार’ नगद राशि २० हजार रुपैयाँसहित साहित्यकार हरि मञ्जुश्रीलाई, ‘दायित्व सीता पन्त स्रष्टा पुरस्कार’ नगद राशि १५ हजारसहित रीता न्यौपाने पहारीलाई र ‘हरिकला-गुणाकर दायित्व रचना पुरस्कार’ नगद राशि १५ हजारसहित सरिता अर्याललाई प्रदान गरिने निर्णय गरिएको दायित्वले जनाएको छ । घोषित सम्मान तथा पुरस्कारहरू प्रतिष्ठानले यही जेठ १० गते प्रदान गर्ने पनि जानकारी गराएको छ ।