समाचार
![](https://aksharang.com/wp-content/uploads/2022/11/14-MONDAY-04.jpg)
ऊ पत्थर दिलसँगै, यसरी जिएको छ
खुसी हुनुको मजा मात्रै लिएको छ
धनीलाई धनी भई राख्न सजिलो छ र ?
फकिर भन्दा धेरै ऊ दौडिएको छ ।
भोलिलाई भनी पैसा कमाएपछि
यहाँ मान्छे जिउन पनि बिर्सिएको छ
छुरा हान्दै गरे दुश्मनहरू सकभर
मलाई लाग्नेछ, अझ बाँचिएको छ
सधैँ बन्धक बन्यौ, दुनियाँको डर बोकी
मरेपश्चात् पनि लास बाँधिएको छ ।
(भण्डारी नवोदित कवि हुन् ।
[email protected]