लघुकथा हिन्दी

काठमाडौँ ।
लेखक तारालाल श्रेष्ठको पाँचौं अनुसन्धान पुस्तक साइकल सौन्दर्यको विमोचन भएको छ । यो पुस्तक नेपालको साइकल इतिहासिकतासँग जोडिएको छ ।
पुस्तकको विमोचन गर्दै नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले साइकल र ऊर्जासँगको सम्बन्धलाई जोड्दै भविष्यमा नेपालको हरित ऊर्जा हाइड्रोजन शक्तिमा नेपाल निकै अगाडि देखा परेको आशावादी तथ्य प्रस्तुत गरे ।
विमोचन समारोहका वक्ताहरुले नेपालको साइकल संस्कृति इतिहास, वर्तमान र भविष्यबारे साङ्गोपाङ्गो दस्तावेजीकरणको अभाव खड्किरहेको सन्दर्भमा साइकल सौन्दर्यले नयाँ खालका पाठकलाई आकर्षित गर्न र नेपाली साहित्यलाई फराकिलो पार्न गहन योगदान र्पुयाउने बताए ।
डिस्कोर्स पब्लिकेसनले प्रकाशन गरेको साइकल सौन्दर्य किताबले २५ अध्यायमा ‘अटोइथ्नोग्राफिक’ वर्णन विधिबाट अभिव्यक्त अनुभूतिका अतिरिक्त साइकल समुदायका ‘सत्यकथा’ उजागर गरेको छ ।