• २०८२ आश्विन २३, बिहीबार

प्रीति आत्रेय ज्ञवालीको ‘लाटोसाथी’ कृति माथि विमर्श

छन्दकवि एवं साहित्यकार प्रीति आत्रेय ज्ञवालीको हालसालै प्रकाशित ‘लाटोसाथी’ स्मृतिकाव्यको वैशाख ८ गते छन्द दिवसका अवसरमा काठमाडौंमा विमर्श गरियो । छन्दकवि एवं साहित्यकार प्रीति आत्रेय ज्ञवालीको हालसालै प्रकाशित ‘लाटोसाथी’ स्मृतिकाव्यको वैशाख ८ गते छन्द दिवसका अवसरमा काठमाडौंमा विमर्श गरियो । ज्ञवालीले पिता प्रा. डा. विष्णुराज आत्रेय (लाटोसाथी) को स्मृतिमा उक्त स्मृतिकाव्य लेखेकी हुन् ।

डा।यज्ञेश्वर निरौलाले पुस्तक र कृतिकाबारेमा आफ्नो धारणा व्यक्त गरेका थिए । प्रा. डा. देवी नेपालले स्मृतिकाव्य पठनीय र महनीय कृति भएको बताए । नारी मासिककी सम्पादक उपासना घिमिरेले नारीको स्थापनाकालदेखि नै नियमित राशिफल लेख्दै आएकी ज्ञवाली प्रवासमा छ“दा पनि लेखनका बाबजुद लगातार पुस्तक निकाल्न सफल बनेको बताइन् ।

वाल्मीकि क्याम्पसका पूर्वप्राचार्य प्रा. डा. भागवत ढकाल, आयुर्वेद विशेषज्ञ डा. छत्रपति दाहाल, धर्मराज–सावित्री थापा प्रतिष्ठानका अध्यक्ष मदनराज थापा, भिराडिल योग साधना केन्द्रका सदस्य श्रीराम भूर्तेल, डा. अलंकार आत्रेय र व्याकरणाचार्य टंक पराजुलीलगायतले आफ्नो मन्तव्यसहित कृतिकारलाई शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि रमेश खकुरेलले लाटोसाथीस“गको मित्रताको स्मरण गर्दै उनी जिज्ञासा समन गर्ने महत्वपूर्ण व्यक्ति भएको बताए । लेखक ज्ञवालीले आफ्ना अनुभूति, विभिन्न प्रेरक व्यक्तित्वसितको साथ र कुराकानीको स्मरण गर्दै स्मृतिकाव्य लेखेको बताइन् ।