• २०८२ भाद्र २९, आईतवार

तीन दिदी भाइका तीन कृति एकैसाथ लोकार्पण

तीन दिदी भाइका तीन पुस्तक एकैसाथ विमोचन गरिएको छ । दुई दिदीबहिनी र एक भाइ क्रमशः आज्ञा आत्रेय न्यौपाने, प्रीति आत्रेय ज्ञवालीर डा. अलंकार आत्रेयको पुस्तक कपिलवस्तु साहित्य तीर्थ कपिलधाममा लोकार्पण भएको हो ।

विमोचित कृतिहरूमा आज्ञाको ‘लेखनी’ कविता संग्रह, प्रीतिको ‘लाटोसाथी’ स्मृतिकाव्य र डा. अलंकारको ‘अनवरत प्रेम’ लघुकथा संग्रह हुन् । उक्त अवसरमा तीनै स्रष्टाका पिता प्रा. डा. विष्णुराज आत्रेय (लाटोसाथी) का साथै पं. रश्मिराज अज्र्याल र समाजसेवी एवं साहित्यकार हिमलाल ज्ञवालीको प्रतिमासमेत अनावरण गरिएको थियो । कार्यक्रममा प्रा. डा. अलका आत्रेय चूडाल र पोमनारायण पौडेलको संयुक्त लेखनमा प्रकाशित कपिलधाम (संक्षिप्त परिचय पुस्तिका) को पनि सार्वजनिक गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वपरराष्ट्रमन्त्री एवं साहित्यकार प्रदीप ज्ञवाली ‘शीतबिन्दु’, विशिष्ट अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, प्रज्ञा प्रतिष्ठानका प्राज्ञद्वय डा. मधुसूदन गिरी, बाबा बस्नेतलगायत साहित्यकारको उपस्थिति थियो ।