कविता-हिन्दी

काठमाडौँ ।
गीतकार अगम विकरालको ‘जोडी शंख टुटाउँदै’ गीत सार्वजनिक भएको छ । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका प्राज्ञ सभा सदस्य चन्द्र रानाहँछाले संगीत भरेको जोडी शंख टुटाउदै गीतलाई श्रेयसी चेम्जोङले मीठो स्वर दिएकी छन् । त्यस्तै उक्त गीतलाई कृष्णभक्त राईले पनि गाइसकेका छन् । एरेन्जर फणीन्द्र राई रहेको उक्त गीत निकै श्रुतिमधुर बनेको छ ।
यसअघि पनि गीतकार विकरालको केही म्युजिक भिडियो सार्वजनिक भइसकेको छ । एक दर्जन बढी गीत रेकर्ड गराइसकेका गीतकार विकरालको ‘नसम्झिने बाचासँगै’ गीत सुगम सङ्गीतका पारखीमाझ लोकप्रिय छ ।
रावासावा प्राज्ञिक समाज नेपालका आजीवन सदस्य गीतकार अगम विकरालको ‘यादको मूच्र्छना’ गीतसंग्रह प्रकाशित छ । रावासावा प्राज्ञिक समाज नेपालले प्रकाशित गरेको ‘यादको मूच्र्छना’ का गीतहरू विभिन्न आयाममा सजिएका छन् । उनका गीतहरू ऊर्जाशील, मार्मिक, रैथाने माटो र जनजीवनसँग सम्बन्धित छन् । प्राज्ञ कवि चन्द्र रानाहँछालाई प्रेरक व्यक्तित्वको रूपमा लिने गीतकार खोटाङ साकेला गाउँपालिकामा जन्मिएका स्रष्टा हुन् ।