कविता

तिमी आऊ बहार पर्र्खी रहेको छ
थाकी सकेका नयन उदासी
त्यो रित्तो पथमा अल्झेको छ
तिमी आउ बहार पर्खी रहेको छ ।
यहाँको शून्यताले भन्छ
जीवन यहाँ एक्लो छ
तिमी बिना हर फूल यहाँको
खिल्न नपाई बिख्रेको छ
तिमी आऊ बहार पर्र्खी रहेको छ ।
कलि कलिको रंगीन ओंठमा
ब्यथित दिलको सुस्केरा छ
तिमीलाई हेर्ने नयनमा मेरो
देखी नसक्ने प्यास छ
तिमी आऊ बहार पर्र्खी रहेको छ ।
थाकिसकेका नयन उदासी
त्यो रित्तो पथमा अल्झेको छ
तिमी आऊ बहार पर्र्खी रहेको छ ।
अम्बर गुरुङ