कथा

काठमाडौं ।
कथा साहित्यमा विशिष्ट स्थान बनाएका कथाकार पोषण पाण्डेको ३३औँ स्मृति दिवसको अवसर पारेर पोषण पाण्डे तीर्थ सदनले साहित्यकार युवराज मैनालीलाई ‘पोषण पाण्डे तीर्थ सदन पुरस्कार–२०८२’ प्रदान गरेको छ । पुरस्कारका साथ नगद राशि ५१ हजार रुपैयाँसमेत प्रदान गरियो ।
कार्यक्रममा निर्णायक समितिका संयोजक ठाकुर शर्मा भण्डारीले पुरस्कृत मैनालीको साहित्यप्रतिको क्रियाशीलताबारे बोलेका थिए । सदनकी महासचिव रञ्जु पाण्डेले पोषण पाण्डे स्मृति दिवस तथा यस किसिमको सम्मान कार्यक्रमले आउँदो पुस्ताहरूसम्म पोषण पाण्डेलाई जीवन्त राख्ने बताइन् । कार्यक्रममा सदनका अध्यक्ष साहित्यकार विजय चालिसे र पुरस्कृत मैनालीले बोलेका थिए ।