• २०८२ कार्तिक ७, शुक्रबार

नइ प्रकाशनबाट प्रकाशित तीन पुस्तक सार्वजनिक

काठमाडौं ।

वानीरा फाउन्डेसनले शताब्दी पुरुष सत्यमोहन जोशीको १०६औँ जयन्ती मनाएको छ । कार्यक्रममा समालोचक प्रा केशव सुवेदीले नइ प्रकाशनबाट प्रकाशित भएका तीन पुस्तकको लोकार्पण गरे । लोकार्पण भएका पुस्तकहरूमा मदनमणि दीक्षितको ‘नरेन्द्रराज प्रसाईका पाँच जीवनीकृति’, गोविन्द भट्टको ‘इन्दिरा प्रसाईको ए समुद्र १’ र, ठाकुर शर्मा भण्डारीको ‘नइ कीर्ति विवेचना’ रहेको छ ।

दीक्षितकृत कृतिको सम्पादन इल्या भट्टराई र भट्टकृत कृतिको सम्पादन प्राडा ऋषिराम शर्माले गरेका हुन् । कार्यक्रममा प्रा.सुवेदी, भट्टराई, भण्डारी, अध्यक्ष इन्दिरा प्रसाई तथा सदस्यसचिव नरेन्द्रराज प्रसाईले बोलेका थिए ।