• २०८१ माघ ९ बुधबार

नेपाली शिक्षा परिषद्को साधारणसभा सम्पन्न

काठमाडौं ।

साहित्य र समाजसेवामा विगत ७३ वर्षदेखि निरन्तर क्रियाशील रहँदै आएको संस्था नेपाली शिक्षा परिषद्को साधारण सभा सम्पन्न भएको छ । सोह्रखुट्टस्थित परिषद् (लेखनाथ साहित्य सदन)को सभाकक्षमा आयोजित साधारण सभाले साहित्यकार रमा शर्मालाई पुनः अर्को तीन वर्षका लागि प्रबन्ध समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

सभाले पुरानै समितिलाई निरन्तरता दिँदै सदस्यसचिवमा लक्ष्मण थापा, कोषाध्यक्षमा शंकरप्रसाद पाण्डे र सदस्यहरूमा डा. इन्दिरा शर्मा, किरण थापा, डा. बमबहादुर थापा जिताली र रमेश खकुरेललाई सर्वसम्मत चयन गरेको छ । साधारण सभामा सदस्यसचिवले सांगठनिक प्रतिवेदन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । दुवै प्रतिवेदन सभाले पारित गरेको छ ।

परिषद्की अध्यक्ष रमा शर्माले नेपाली शिक्षा परिषद्को विगत र त्यसले गरेको कामको चर्चा गर्दै आफूहरूले अझै पनि धेरै काम गर्न बाँकी रहेको बताइन् । वि.सं. २००८ सालमा स्थापित परिषद्ले हरेक वर्ष आदिकवि भानुभक्त पुरस्कार, गोपाल पाँडे असीम पुरस्कार र लेखनाथ प्रतिभा पुरस्कार प्रदान गर्दै आएको छ ।