• २०८१ श्रावाण ११ शुक्रबार

गजल

युवराज भण्डारी

युवराज भण्डारी

थरी थरीका संस्कृति मलजल गरी गोड्नु छ
सम्पूर्ण नेपाली मनहरू एउटै ठाउँ जोड्नु छ ।

जुन भेगका भए पनि सबै नेपालका सन्तति
भूगोल हेरी नाता गाँस्ने त्यो चलन तोड्नु छ ।

सब मिलेर श्रम गरौँ बन्छ राष्ट्र स्वर्ग छिट्टै
एकताको बलले अवरोधका पहाड फोड्नु छ ।

अनेक विभेद र कुप्रथा तगारो बन्न सक्छन्
कुल्चेर ती सब उन्नति तर्फ देश मोड्नु छ ।

सिमानामा बेला बखत आँखा लगाउँछ छिमेकी
किमार्थ नाघ्न नसक्ने पर्खाल उठाई छोड्नु छ ।


(कवि भण्डारी मन्ट्रियल, क्यानडा बस्नुहुन्छ)
[email protected]